नेपालसँग 'नक्कली पासपोर्ट' छुट्याउने मेसिन छैन, फाइदा उठाउँदैछन् अन्तर्राष्ट्रिय गिरोहहरू !

फोटो: गूगल

नेपालसँग नयाँ भर्सनको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नक्कली हो कि सक्कली हो भनेर छुट्याउने मेशिन नभएको फाइदा नक्कली पासपोर्ट प्रयोग गर्ने अन्तर्राष्ट्रिय गिरोहहरूहरूले फाइदा लिइरहेका छन्। 

यस्तै एउटा घटनाको उजागर लण्डनमा भएको छ। गत मार्च १८ मा जेट एयरलाइन्सबाट दुई इरानी नागरिक डेनमार्कको नक्कली राहधानी प्रयोय गरी नेपालबाट मुम्बै हुदैँ लण्डन पुग्दा पक्राउ परेका थिए।

अध्यागमन बिभागका महानिर्देशक ईश्वरराज पौडेलले घटनाको पुष्टी गरे। उनका अनुसार ती इरानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल अध्यागमनबाट मुम्बै ट्रान्जिट हुदैं लण्डन पुगेका थिए। 

नेपालको अध्यागमनले मात्र हैन, मुम्बै बिमानस्थल रहेका भारतीय अध्यागमनले समेत उनीहरूको नक्कली पासपोर्टका बारेमा मेसो नपाएको महानिर्देशक पौडेलले बताए। ब्रेक एन लिंक्ससँग उनले भने- ‘हामीसँग भएको मेसिनले हाम्रो देशको पासपोर्ट नक्कली सक्कली छुट्याउँछ, तर बिदेशीका नक्कली पासपोर्ट छुट्याउन कहिलेकाही मुस्किल हुन्छ, यस घटनामा पनि त्यस्तै भयो होला।

यसअघि पनि इरानी नागरिकले काठमाडौंमा नक्कली पासपोर्ट प्रयोग गर्ने कोशिस गर्दा पक्राउ परेका घटना भएको महानिर्देशक पौडेलले बताए।  

प्रकाशित मिति: : 2019-03-27 23:03:20

प्रतिकृया दिनुहोस्