बिएल संवाददाता
राष्ट्रिय लोक संगीतकर्मी नेपालले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर देउसी–भैलो खेलेको छ।
लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ति, प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार पूर्वप्रधानमन्त्री निवासमा देउसी खेलिएको हो।

देउसी–भैलाको कार्यक्रममा प्रधानमन्त्री निवास बालुवाटार, माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटार र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा देउसी–भैलो खेल्ने कार्यक्रम रहेको बताइएको छ।



नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया