बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताएकी छन्।
आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको बताएकी हुन्।
उनले भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठी चार्ज गरेर शान्तिपूर्ण आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन। भुइँमा बसेर शान्तिपूर्ण तरिकाले आन्दोलन गरिराख्दाखेरी जसले विधिको शासन जोगाउनुपर्ने, सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधिभन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौँ।’
साथै उनले बन्द भएका नाकाहरु तत्काल प्रहरी प्रशासनले खोल्नुपर्ने माग गरिन्। उनले घुसपैठ गरेर असभ्य, असक्षम कामहरु नगर्न प्रहरी प्रशासनलाई सचेत गराएकी छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया