बिएल संवाददाता
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन्।
आइतबार सय दिनबारे पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन्।
उनले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्यअनुसार धेरै कामहरु गरिसकेको छ। तर आउना साथ जादुको छडी कसैसँग छैन। सहर बनाउने कुरा सय दिनमा बन्दैन। जे जे समस्याहरु छन्, ती चाहिँ सम्बोधन गर्नको लागि समय लाग्ने गर्छ। तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौँ। तर कुनै उल्लेखनीय काम मैले जादु नै गरेँ भन्ने अवस्था चाहिँ छैन।’
साथै उनले सहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए। उनले सहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे।
उनले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताए। उनले मिडियामा समाचारहरु नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको बताए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया