बिएल संवाददाता
टिकाथलीकी कुसुम चौलागाईं आफ्नो मेकअपको परीक्षाको निम्ति निकै उत्साहित थिइन्। तर विगत चार महिनादेखि जुममा नै 'फुल' ब्यूटी कोर्श गरिरहेकी उनलाई परिक्षाको समयमा डर लागेकाे बताइन्।
त्यस्तै भक्तपुरकी सबिना सायजुलाई पनि आफ्नो कपाल श्रृङ्गारको परीक्षामा सक्दाे मेहनत गरिन्। तरपनि मनमा त्रास थियाे। सफल हुन्न कि!
जुम ब्यूटी एकेडेमीले लिइरहेको परीक्षा अर्न्तराष्ट्रिय स्तरको भएकोले यसले हरेक परीक्षार्थीहरूलाई भविष्यमा सुनौलो अवसर प्राप्त हुने बताउँछिन् तिनकुने शाखाकी प्रमुख रोजिना श्रेष्ठ।
उनका अनुसार जुमले लिइरहेकाे स्वस्थ र स्वच्छ प्रतिस्पर्धाले विद्यार्थीहरूको आत्मबल बढ्नका साथै सीपकाे मूल्यांकन पनि हुन्छ। त्यस्ताे प्रतिस्पर्धा ६–६ महिनामा हुनुपर्छ।
गत सातादेखि जुम ब्यूटी एकेडेमीले आफ्नो बाह्र वटै शाखामा अध्ययनरत विद्यार्थीहरूको आन्तरिक मूल्यांकनको निम्ति अर्न्तराष्ट्रिय स्तरको परीक्षा लिइरहेको छ।
साेहीक्रममा महाराजगन्ज शाखामा आज सम्पन्न भएको हेयर ड्रेसको परीक्षामा ३८ जना र मेक प को परिक्षामा ४३ जना परीक्षार्थीहरू सहभागी भएका थिए।
त्यसैगरी हेयरमा ४ जना र मेक अप मा ४ जना निर्णायक र एकेडेमीका सिईओ जुनु चक्रधर प्रमुख निर्णायकको रुपमा रहेकी थिइन्।
त्यस्तै फागुन १२ गते कौशल्टार शाखामा आईल्यासेस एक्स्टेन्सनको परीक्षा सञ्चालन हुनेछ।




‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया