सुनिता लामा
ब्यूटी अर्थात सौन्दर्यतालाई महिलाको पहिरण, रुप, रंगसँग जोडेर हेरिन्छ।
सौन्दर्य क्षेत्रको काम महिलाको मात्र हो भन्ने मानसिकता पनि छ। यस्तो अवस्थामा कृशप त्वनाबाशुलाई सौन्दर्य क्षेत्रमा व्यवसायिक जीवन सुरु गर्न कम कठिन थिएन।
तर सौन्दर्यता भन्ने महिलाबाहेकको पनि हो। महिलाबाहेकले पनि सौन्दर्य क्षेत्रमा काम गर्न सक्छन्। गर्न सकिन्छ भन्ने आँटका साथ सुरु गरेको सन्दर्यतासम्बन्धी व्यवसायलाई एउटा उचाइ दिन कृशप सफल भएका छन्।
उनी यही व्यवसायबाट राष्ट्रिय अन्तराष्ट्रियस्तरमा परिचय बनाउन सफल भएका छन्। जुन उनको सफलता गएको पुसमा जापानमा पोखियो। जुम ब्यूटी एकेडेमीका निर्देशक कृशप पुस १७ गतेदेखि २० गतेसम्म जापानमा सम्पन्न भएको आर्टमेट कन्टेस्टको निर्णायक भए।
विगत २१ वर्षदेखि निरन्तर उनी यही क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका छन्। यो पेशा वा क्षेत्र महिलाको मात्र हो भन्ने मान्यता र मानसिकतालाई उनले चुनौती दिएका छन्।
जापानमा भएको उक्त कन्टेस्टमा निर्णायकको रुपमा एसियन राष्ट्रहरूमध्ये नेपालबाट जुम ब्यूटी एकेडेमीका सिईओ जुनु चक्रधर र निर्देशक कृशप दुवै जना छनौटमा पर्न सफल भए।
‘नेपाली समाजको परिवेश अनुसार पुरुषले न त श्रृङ्गार गर्छन् न यस क्षेत्रमा काम नै गर्छन् तर मैले आफूलाई यही क्षेत्रमा नै आजसम्म अडिग राखिरहनुमा मेरो पेशाप्रतिको समान दृष्टिकोण र सम्मान पनि हो’, कृशप भन्छन्।
उनी सन्दर्यता महिलाका लागि मात्र नभएर पुरुषका लागि जरुरी रहेको बताउँछन्। उनै कृशप त्वनाबाशुसँग व्यवसायिक जीवन, सौन्दर्य क्षेत्रको अवस्था, आगामी दिनका योजनाका बारेमा बिएल नेपाली सेवाका लागि सुनिता लामाले गरेकाे कुराकानी–
प्रस्तुत छ भिडियो–
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया