बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित ‘डिजिटल सुरक्षाको लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालले समाजमा सद्भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताए।
उनले भने, ‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ। व्यवस्थित बनाउनुपर्छ। सद्भाव भत्काएर दुर्भाभवना फैलाउने काम प्रयत्न गरिराखेको छ। यो चिज चाँही हाम्रो विकासको लागि बाधक छ। हाम्रो आईटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ। यसबाट पनि चुनौतीहरु बढेको छ। अपराधहरु बढेको छ। यसलाई रोकथाम गर्नुपर्छ।’
उनले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सधैँ सकारात्मक रहेको बताए।
उनले भने, ‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनको लागि सरकार सधैँ सकारात्मक छ। तथापी नेपालको प्रचलीत कानुन ऐनको कार्यविधि विपरित गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ।’
मन्त्री गुरुङले देशमा अहिले सामाजिक सञ्जाल अराजक बन्दै गइरहेको टिप्पणी गरे। सांस्कृतिक सह–अस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उनको भनाई छ।
‘हाम्रो देशमा,समाजमा अहिले अराजक भनेकै सामाजिक सञ्जाल रहेको छ।हामी भन्छौं नि दही जस्तै जमेको विभिधतामा एकता भएको बाँधिएर बसेको हाम्रो समाज भनेर। सांस्कृतिक सह–अस्तित्वको नमुना देश नेपाल तर आज सामाजिक सञ्जालको गलत प्रयोगले दहि जस्तो देशमा कागती निचोर्ने काम भएको छ। त्यसैले सामाजिक सञ्जालको नियमन एकदमै जरुरी छ’, उनले भने।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया