बिएल संवाददाता
राष्ट्रिय विभूति बीर भक्ति थापाले बालापनमा गाईबस्तु चराएको लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं ३ मा रहेको हर्सिङडाँडा उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकसित हुन थालेको छ।
हर्सिङडाँडामा आन्तरिक पर्यटक घुमफिर र बास बस्नसमेत आउन थालेपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको हो।
ऐतिहासिक एवं पर्यटकीय स्थल हर्सिङडाँडामा पर्यटकको आगगमन बढ्न थालेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए। हर्सिङडाँडामा आउने पर्यटकहरु रात विताउने र क्यामफायर गरेर रमाउने गरेको उनले बताए।
कोरोना सङ्क्रमणको समयमा लकडाउन हुँदा सबैतिर पर्यटक आगमन ठप्प हुँदापनि हर्सिङडाँडामा पर्यटकहरु पुगेका थिए। यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, भुस्मे, ढंगै, घनपोखरा, सिम्पानी, खुदीलगायत अधिकांश ठाउँ अवलोकन गर्न सकिन्छ।
त्यस्तै, स्मार्ट भिलेज घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी र खुदीखोलाको नागबेली, डा. हर्क पिक हिमाल, मनासलु रेन्ज, बुद्ध हिमाललगायत अवलोकन गर्न सकिन्छ।
समुन्द्री सतहबाट २ हजार २ सय ८४ मिटर उचाईमा रहेको यो ठाउँमा बेसीसहरदेखि खुदी हुँदै करिब २० किलोमिटरको यात्रामा पुग्न सकिन्छ। खुल्ला समथर भुभाग, चारैतिरको दृश्यावलोकन गर्न सकिने, नजिकै देखिने मनोरम हिमशृखला, मस्र्याङ्दी भ्याली यसको मुख्य आकर्षण रहेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। पर्यटकीय स्थल हर्सिङडाँडा पुग्ने सडक स्तरउन्नतीलगायतका काममा गाउँपालिकाले सहयोग गरिरहेको छ।
वि.सं. १८०२ मा खुदीको ढंगैबेंसीमा जन्मिएका बीर भक्ति थापाको हर्सिङडाँडामा छेलो हालेको ठाउँ, गोठ राखेको ठाउँ, गोठमा पकाएर खाने गरेको ओदानलगायत छन्। ऐतिहासिक तथा पर्यटकीयस्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकारवाला एकजुट हुनुपर्ने मस्र्याङ्दी गाउँपालिका– ३ का निर्वतमान वडाअध्यक्ष प्रेमबहादुर बस्नेत बताउँछन्।
अन्नपूर्ण पदमार्ग अन्र्तगत पर्ने हर्सिङडाँडामा स्थानिय युवाहरुले ‘हर्सिङ कम्यूनिटी क्याम्प साइट’ सञ्चालनमा ल्याएका छन्।
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
जोनाथन डेभिडको ह्याट्रिकमा कतारमाथि क्यानडाको ६–० को ऐतिहासिक जीत, अन्तिम ३२ नजिक
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान
सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया