बिएल संवाददाता
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ।
नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन्। उनले आठौंदेखि ११ औं (साग) सागमा स्वर्ण जितेका थिए।
विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए। विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडी हुन्।
उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९ औं ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए। विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया