ज्योति देवकोटा
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंले म्याद थपेको हो
उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ। अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरूलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ।
तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरालगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा अनुसन्धान थालेको छ।
प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपनि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।
यसअघि पक्राउ परेका राजावादी अधिवक्ता तथा राजावादी अभियानका प्रवक्ता स्वागत नेपाललाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया