ज्योति देवकोटा
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंले म्याद थपेको हो
उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ। अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरूलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ।
तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरालगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा अनुसन्धान थालेको छ।
प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपनि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।
यसअघि पक्राउ परेका राजावादी अधिवक्ता तथा राजावादी अभियानका प्रवक्ता स्वागत नेपाललाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया