ज्योति देवकोटा
गृहमन्त्री रमेश लेखकले जाजरकोट, डोटी र बझाङमा गएको भूकम्पपछिको क्षति आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई तिव्रता दिने बताएका छन्।
गृहमन्त्री लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औं बैठकपछि सञ्चारकर्मीहरूसित बोल्दै उनले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आंकलन, पुर्ननिर्माण र पुर्नस्थापनालाई सरकारले अब तिव्र रुपमा अघि बढाउने जानकारी दिए
उनले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुर्नस्थापनाको काम अगाडि बढाउछौं।’
उनले भुकम्प गएको लामो समय हुँदापनि पुर्ननिर्माण एवं पुर्नस्थापनाको काम अगाढी बढ्न नसकेको बताए ।
उनले ६ महिनामा विस्तृत क्षति आंकलन र निजी घरहरूको पुनर्निर्माण एवं पुनर्स्थापना गर्नका लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको बताए।
गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ।
उनले यो महिनाभित्र नै क्षतिको आंकलन, पुनर्निर्माण र पुनर्स्थापनाको लागि जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थाई समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया