बिएल संवाददाता
आज छठको दोस्रो दिन पञ्चमीको यो तिथिमा छठ अन्तर्गत ‘खराना’ विधि गरिन्छ।
यो दिन व्रतालु दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सखर, दुध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन्। छठी पूजा नहुने टोलछिमेकका घरमा सो खीर प्रसादका रूपमा पठाइन्छ।
काठमाडौंका वागमती किनारलगायत विभिन्न तालपोखरीहरूमा छठ पूजाको तयारी गरिएको छ। काठमाडौं महानगरले काठमाडौंका विभिन्न आठ स्थानमा छठ पूजाका लागि विशेष ठाउँ तोकिदिएको छ।
तराई-मधेशका सबैजसो ताल-तलैया र घाटहरू पनि सजाइएको छ। खासगरी तराई-मधेसवासीले मनाउने छठ अहिले भने हिमाली जिल्लासम्मै फैलिइसकेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया