नेपाली काँग्रेसले संसद विघटन असंवैधानिक भएको र आन्दोलनका क्रममा भएका घटनाहरू छानबिन आयोग बन्नुपर्ने निष्कर्ष निकालेको छ।
जेनजीको आन्दोलनपछि पार्टी कार्यालय सानेपामा पहिलोपटक बसेको कार्य सम्पादन समितिको बैठकले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको हो।
‘भाद्र २४ गतेको प्रदर्शनल सिहंदरबार लोकतन्त्रका आधारस्तम्भ कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरुको निजी घर एवम डेरा र नेपालको उन्नतीसँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछौँ’ उनले भने।
त्यस्तै नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ। संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय समेत भएको छ। साथै केन्द्रीय समिति बैठक दसैंअघि नै बोलाउने निर्णय समेत गरेको छ।
जेनजी आन्दोलनका क्रममा काँग्रेस पार्टी कार्यालय पनि जलाइएको थियो। त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाको घरमा तोडफोड, आगजनी र देउवा दम्पत्तिमाथि कुटपिट समेत भएको थियो। देउवा दम्पत्ति अहिले पनि उपचार गराइरहेका छन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया