बिएल संवाददाता
                                एक जनाको अनुहार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेकै उसको भाग्य चम्किएको छ।
मुम्बईको मलाडमा बस्ने विकास महन्ते एउटा साधारण व्यक्ति हुन्। उनको काम भनेको बिहान कार्यालय जाने र साँझमा घर फर्किने थियो।
तर, एकदिन उनले आफ्नो अनुहारमा सानो परिवर्तन गरे। उनले आफ्नो जुँगा बढाए। जसले उनको लुक्समा धेरै परिवर्तन ल्यायो।
सुरुमा त, उनले यो ठम्याउन सकेनन् कि आफ्नो परिवर्तन लुक्सले उनलाई नयाँ पहिचान दिन्छ भनेर।
जब उनी बाहिर निस्किन्थे, तब उनलाई देख्नका लागि कयौं मानिसहरू रोकिने गर्थे। र, मुस्कुराउँदै मोदी सम्झिएर उनीसित फोटो खिच्न तम्सिन्थे।
उनको अनुहार, जुँगा, पहिरन र चालचलन पनि ठ्याक्कै मोदी जस्तो छ। उनीसँग मिल्दोजुल्दो छ। कयौं पटक उसैले भन्नुपथ्यो कि, म सक्कली मोदी होइन।
विकासको जीवनमा सबैभन्दा ठुलो परिवर्तन तब आयो। तब २०१४ को लोकसभा चुनाव भयो। उनको लोकप्रियता यतिधेरै बढेको थियो कि भारतीय जनता पार्टीले उनलाई चुनाव प्रचारको लागि महाराष्ट्र र अमृतसरमा बोलाए।
उनी मोदीजस्तो बनेर भीडमा सम्बोधन गर्थे मानिससँग गफगाफ गर्थे। उनको त्यही आदतलाई मानिसहरूले रुचाए।
विकासको यो पहिचान राजनीतिमा मात्र सीमित रहेन। बरू, बलिउडको ढोका पनि उनको लागि खुल्ला रह्यो। उनले फहरान खानको फिल्म ‘हैप्पी न्यू इयर’ मा एउटा सानो भूमिका निभाए। जहाँ उनी मोदी बनेका थिए।
त्यसपछि उनले ‘मिशन मंगल’ जस्तो फिल्ममा पनि काम गरे तर उनको जिन्दगीमा सबैभनदा ठुलो प्रोजेक्ट बन्यो, २०१७ को फिल्म ‘मोदीको गाउँ’। जहाँ उनले आफू प्रधानमन्त्रीको भूमिका निभाएका थिए।
यो फिल्ममा मोदी सरकारको योजना र विकासको काम देखाइएको थियो र यहीँ फिल्म उनको लागि ठुलो भयो।
मोदीसँग २०१४ मा उनको गुजरातमा भेट भएको थियो। त्यो समय मोदी गुजरातका मुख्यमन्त्री थिए। विकासको देखेर मोदीले आफ्नो हाँसो रोक्न सकेनन्।
उनले विकासलाई खुट्टादेखि टाउकोसम्म हेरेर भने, ‘लोकसभा चुनाव हुँदैछ। केही योजना बनाएको छ प्रचाका लागि?’
यो क्षण उनका लागि स्मरणीय बन्यो। भलै, उनी प्रधानमन्त्री बनेपछि मोदीसँग दोस्रो पटक भेटेनन्।
अहिले उनी मोदीका डुब्लिकेट र व्यापारमा मात्र सीमित छैनन्। एउटा कलाकार बनेका छन् र, सामाज सेवक बनेका छन्। यसको साथै उनी देश र विदेशमा गए उनी मोदीको डुब्लिकेट बनेर मानिसहरूलाई सकारात्मक सन्देश दिन्छन्। 
 
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया