बिएल संवाददाता
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बन्ने भएका छन्।
जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा घिसिङ उर्जामन्त्री बन्न लागेका हुन्। स्रोतका अनुसार घिसिङलाई भौतिक पूर्वाधारको पनि जिम्मेवारी दिने भएको छ।
अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनालको नाम पक्का भइसकेको छ।
जेन–जी समूहको प्रस्तावमा घिसिङ र खनाललाई प्रधानमन्त्री कार्कीले मन्त्री नियुक्त गर्न लागेकी हुन्।
गैरदलीय चुनावी सरकार बनाउने सहमति बमोजिम सबै मन्त्रीहरू स्वतन्त्र र प्रवुद्ध व्यक्तिहरूलाई बनाउने तयारी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया