बिएल संवाददाता
जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका बम्जनलाई न्यायाधीश शंकरबहादुर राईको इजलासमा बयान र थुनछेक बहसपछि १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको हो।
अदालतले माग गरेको धरौटी तिरेर बम्जन छुटेका अदालतका सूचना अधिकारी दामोदर आचार्यले बताए।
सहरकारी ठगीमा पक्राउपूर्जी जारी भएपछि फरार भएका बम्जन आइतबार अदालतमा हाजिर भएका थिए। उनको आजै बहस र थुनछेकपछि धरौटीमा छाड्ने आदेश भएको हो।
पूर्वअध्यक्ष बम्जन सहकारी ठगी प्रकरणका मुख्य योजनाकार तथा पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईका जेठान हुन्।
सोही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी माग भएको थियो।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया