महेश चौलागाईं
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आजदेखि सुविधा सम्पन्न मिर्गौला डायलाइसिस सेवा सुरु भएको छ।
यसअघि प्रतिष्ठानमा एउटा मात्रै डायलासिस मेसिन भए पनि प्रभावकारी रुपमा प्रयोगमा आउन सकेको थिएन। हाल वीर अस्पताल काठमाडौंको समन्वयमा थप ६ वटा डायलाइसिस मेसिन पुगेका छन्। तीमध्ये दुईवटा मेसिन सञ्चालनमा आइसकेको डायलाइसिस इन्चार्ज सरिता रोकायले जानकारी दिइन्।
नयाँ मेसिन सञ्चालनसँगै मुगुको खत्याड गाउँपालिका-२ की जिर्कला भियालले पहिलोपटक जुम्लामै डायलाइसिस सेवा लिएकी छन्।
बिरामी भियालले आफ्नै क्षेत्रमा उपचार सुविधा प्राप्त भएपछि ठूलो राहत र खुसी लागेको प्रतिक्रिया दिइन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया