भारततिर मदिरा तस्करी रोक्न खोजेको प्रहरी टोली र स्थानीय तस्करहरूबीच सप्तरीमा झडप भएको छ। तस्कर र तस्करी हुन लागेको मदिरा नियन्त्रणका लिने क्रममा स्थानीयले आक्रमण गरेपछि प्रहरीले गोलीसमेत चलाउनुपर्यो।
गोली लागेर सप्तरी राजगढ गाउँपालिकाका ३५ वर्षीय लालु यादवको मृत्यु भएको छ। प्रहरीका अनुसार गोली लागेका यादवलाई राति नै अस्पताल लगिएको थियो र त्यहिँ उनको मृत्यु भयो। उनको बायाँ खुट्टामा गोली लागेको थियो।
स्थानीयले भारततिर निकासी गर्नका लागि त्यहाँ ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। त्यो नेपाल-भारतको सिमाना गाउँ हो। भारततिर रक्सी प्रतिबन्धित छ। त्यसैले भारतीयहरू रक्सी पिउनका लागि नेपालका सिमाना गाउँतिर आउँछन् र लुकाइछिपाइ भारततिर पनि रक्सीको तस्करी हुँदै आएको छ।
प्रहरीले त्यहाँबाट ८० कार्टुनजति रक्सी बरामद गरेको छ र एकजनालाई नियन्त्रणमा पनि लिएको छ। अरु मदिरा पनि नियन्त्रणमा लिन खोज्दा स्थानीयसँग भएको झडपमा दुईजना प्रहरी पनि घाइते भएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया