बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।
भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत २४ लाख ५० हजार रुपैयाँ घुसससहित कार्यालयबाटै पक्राउ परेका अख्तियारले जनायो। उनीहरूले जग्गाको लगतकट्टाका लागि घुस लिएका थिए।
मालपोत प्रमुखले कार्यालय सहयोगीमार्फत घुसको डिलिङ गर्ने गरेको अख्तियारको दाबी छ। घुस रकम पनि कार्यालय सहयोगी राउतबाटै बरामद भएको आयोगले जनाएको छ।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर घुस बार्गेनिङ गरेको सूचना आएपछि अख्तियारले मालपोत कार्यालयमा स्टिङ अप्रेसन चलाएको थियो।
कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल जफत गरेर अख्तियारले अनुसन्धान थालेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया