बिएल संवाददाता
पाकिस्तानको गुप्तचर निकाय आईएसआईको एजेन्ट भएको आरोपमा भारतले दुई जनालाई नियन्त्रणमा लिएको छ। तीमध्ये एकजना नेपाली हुन्।
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार नेपाली मूलका नागरिक अनसरुल मियान अन्सारी हुन्। भारतीय सुरक्षा फौजले उनीहरूलाई दिल्लीको एक होटेलबाट पक्राउ गरेको हो।
सुरक्षा नियकाले पाकिस्तानी एजेन्टहरूको खोजी गरिरहेको थियो। त्यो गुप्त अपरेशन गत जनवरीदेखि नै सुर गरिएको थियो।
आईएसआईकै कामका लागि उनीहरू दिल्ली पुगेको भारतीय सुरक्षा निकायले जनाएको छ। उनीहरूको बयानअनुसार पहलगामअघि त्यो भन्दा पनि ठूलो आतंकवादी आक्रमणको तयारी गरिएको पनि सुरक्षा नियकाले जनाएको छ।
स्लीपर सेल एजेन्ट भनेर चिनिने ती खुफिया एजेन्टहरूलाई अहिले तिहाड जेलमा राखिएको छ। भेष बदलेर गुप्तचर सूचना आदानप्रदान गर्ने एजेन्टहरूलाई स्लीपर सेल भनिन्छ। भारतीय सुरक्षा फौंजले लामो समयदेखि देशभरि त्यस्ता एजेन्टहरूको खोजी अभियान चलाएको थियो। दिल्ली प्रहरीले त्यसलाई गोप्य अभियान भनेको थियो।
प्रहरीका अनुसार नेपाली मूलका अन्सारी दिल्लीमा ट्याक्सी ड्राइभरका रुपमा काम गर्थे। पक्राउ परेका दुबैजना पाकिस्तानबाट काठमाडौं हुँदै भारत पुगेको प्रहरीको दाबी छ।
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया