बिएल संवाददाता
भारतमा एक युवकले युट्युबमा भिडिओ हेरेर आफैंले आफ्नो पेटको शल्यक्रिया गरेको घटना सार्वजनिक भएको छ।
भारतको उत्तरप्रदेशस्थित मथुराका ३२ वर्षीय राजा बाबु नाम गरेका एक युवकले युट्युब भिडिओ हेरेर आफ्नो पेटको शल्यक्रिया आफैं गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इन्डिया टुडेका अनुसार वाणिज्यशास्त्रमा स्नातक गरेका ती युवक केही महिनायता पेटको समस्याबाट पीडित थिए।
अत्यधिक पेट दुख्ने समस्या भएपछि उनी डाक्टरलाई देखाउन पनि गएका थिए। तर उनको रोग नै पत्ता नलागेपछि उनले घरमै युट्युब हेरेर पेटको अप्रेशन गरेका हुन्।
सर्जिकल ब्लेड, लठ्याउने सुई र टाँका लगाउने धागोलगायत आवश्यक सामग्रीहरू किनेर उनले आफ्नो पेट काटेका थिए।
पेट काटेपछि केही बेरमा लठ्याउने औषधीले काम गर्न छाडेपछि अहस्य भएर उनी कोठाभित्रै चिच्याएका थिए। त्यसपछि घरमा रहेका परिवारका अन्य सदस्यले राजाबाबुलाई गम्भीर अवस्थामा जिल्ला अस्पताल पुर्याएका थिए।
अहिले उनको स्वस्थ्य अवस्था सामान्य छ।
इन्डिया टुडेका अनुसार १८ वर्षअघि राजाबाबुका एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया