बिएल संवाददाता
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
माडी नगरपालिका-३ चितवन राष्ट्रिय निकुञ्जभित्र भैंसी चराउन गएकाे समयमा गैँडाले आक्रमण गर्दा साेही ठाउँका ५६ वर्षीय छविलाल बोटेको मृत्यु भएको हो।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी ज्ञानबहादुर महताेले जानकारी दिए।
उनकाअनुसार घाइते हुनेमा सोही ठाउँका ४५ वर्षीय राजु बाेटे, ६८ वर्षीय किसन महताे र ५० वर्षीय हेमराज महताे रहेका छन्। उनीहरूमध्ये राजुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
हेमराज र किसनलाई भने पुरानाे मेडिकल कलेज चितवन लगिएको छ।
मंगलबार २:१० बजे गैडाले उनीहरूमाथि आक्रमण गरेको थियो।
चितवनमा निरन्तर गैँडाले आक्रमण गर्दै आइरहेको छ।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया