बिएल संवाददाता
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा पछिल्लो समय खानेपानीका नयाँ पाइप लाइनहरू बिच्छाइएका ठाउँहरूमा चाँडै मेलम्चीको शुद्ध पानी बितरण गरिने बताएका छन्।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री यादवले काठमाडौंका अधिकांस ठाउँहरूमा खानेपानीका नयाँ पाइपलाइन बिच्छाउने कार्य करिब अन्तिम चरणमा पुगेकाले चाँडै ती लाइनहरूबाट मेलम्चीको शुद्ध पानी बितरण गरिने बताए।
यसैगरी मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप लाइनबाट पानी चुहावट हुने कार्य तत्काल नियन्त्रण गर्नका लागि मातहतका निकायहरुलाई निर्देशन दिएको बताए।
उनले सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइपहरू भत्काइएका र फुटाइएका भएपनि सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा काठमाडौँ उपत्यकामा खानेपानी बितरण प्रक्रियामा निकै कठिनाइ उत्पन्न भएको गुनासो गरे।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया