बिएल संवाददाता
नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनकाे तयारी स्वरुप यही पुस २७ गते राजधानीमा ‘राष्ट्रिय भेला’ गर्दैछ।
निर्माण उद्योगप्रति सरकारले उदासिनता देखाएको भन्दै त्यसकाविरुद्ध निर्णायक आन्दोलनका लागि ‘राष्ट्रिय भेला–२०८१’ आयोजना गर्न लागिएकाे महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी गरयाे।
सोही भेलाको म्याण्डेट अनुसार आन्दोलनका चरणबद्ध कार्यक्रमहरू गरिने महासंघकाे भनाइ छ।
महासंघले खस्कँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्वपूर्ण क्षेत्र निर्माण क्षेत्र भएपनि व्यवसायीहरूले हाल अत्यन्तै जटिल समस्याहरू र त्यसको प्रभाव भोगिरहनु परेको बताएकाे छ।
राज्यबाट निर्माण व्यवसायीहरूलाई यस आर्थिक वर्षमा भएको आंशिक भुक्तानीसमेत विनियोजित बजेटबाट मात्र भुक्तानी भएको हुँदा यस वर्ष हुने थप निर्माण कार्यमा भुक्तानीको समस्याले पुनः जटिल रुप लिनसक्ने महासंघको भनाइ छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया