बिएल संवाददाता
विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहालले महिनावारी फरक ठाउँमा फरक नामाकरण भएको बताएकी छन्।
आइतबार छैठौँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘महिनावारी फरक ठाउँमा फरक नामाकारणका रुपमा स्थापित छ। कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको छ। हाम्रो देशभित्र विभिन्न जाती, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै हामीले अलग र फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ।’
साथै उनले महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याएकोमा दुख लागेको बताइन्। उनले ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्ध देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुखःद कुरा भएको बताइन्।
उनले भनिन्, ‘महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याइनु दुखद् कुरा हो। ऐतिहासिक कुरा हेर्दासमेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्ध देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुखःद विषय हो।’
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया