बिएल संवाददाता
विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहालले महिनावारी फरक ठाउँमा फरक नामाकरण भएको बताएकी छन्।
आइतबार छैठौँ अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘महिनावारी फरक ठाउँमा फरक नामाकारणका रुपमा स्थापित छ। कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको छ। हाम्रो देशभित्र विभिन्न जाती, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै हामीले अलग र फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ।’
साथै उनले महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याएकोमा दुख लागेको बताइन्। उनले ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्ध देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुखःद कुरा भएको बताइन्।
उनले भनिन्, ‘महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याइनु दुखद् कुरा हो। ऐतिहासिक कुरा हेर्दासमेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्ध देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुखःद विषय हो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया