बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन्। बेल्ट एण्ड रोड फोरममा सहभागी हुन चीन प्रस्थान गरेका उनी शनिबार स्वदेश फिर्ता भएका हुन्।
स्वदेश र्फिता भएसँगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी लागेको बताएका छन्। उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भएपनि त्यसअघि सरकारले नाटक गरेको टिप्पणी गरेका हुन्।
उनले भने, ‘बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पुर्याउन सकेन। बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेको छ। छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन सक्दैन।’
उनले बीआरआई नेपालको हितमा रहेको बताए। खनालले चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेको भन्दै पारवहनका विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया