बिएल संवाददाता
तारा एयरले सुर्खेतबाट कर्णालीका तीन जिल्लामा उडान सुरु गरेकाे छ।
लामो समयदेखि सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ। सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो।
हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका सथानीय र विद्यार्थी हर्षित भएका छन्।
सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ। हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा विमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणि सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ।
आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न सुर्खेतबाट व्यवसायिकरुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मीनबहादुर रावलले जानकारी दिए।
- दानबहादुर बुढा
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया