बिएल संवाददाता
देशका विभिन्न स्थानीय तहका लागि ४१ पदमा हुन लागेको उपनिर्वाचनको मतदान सुरू भएको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदानमा बिहानैदेखि मतदाताहरू मतदानका लागि लाइन बसेका छन्।
मतदानका लागि महिला र पुरूषको लाइन छुट्टछुट्टै बनाइएको छ। जेष्ठ नागरिक, अशक्त व्यक्तिहरूका लागि विषेश व्यवस्था गरिएको छ। उनीहरू लाइनमा बस्नु परेको छैन।
उपनिर्वाचनलाई व्यवस्थित गर्नका लागि तीन वटै सुरक्षा निकायलाई परिचालन गरिएको छ। मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले आग्रह गरेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया