बिएल संवाददाता
देशका विभिन्न स्थानीय तहका लागि ४१ पदमा हुन लागेको उपनिर्वाचनको मतदान सुरू भएको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदानमा बिहानैदेखि मतदाताहरू मतदानका लागि लाइन बसेका छन्।
मतदानका लागि महिला र पुरूषको लाइन छुट्टछुट्टै बनाइएको छ। जेष्ठ नागरिक, अशक्त व्यक्तिहरूका लागि विषेश व्यवस्था गरिएको छ। उनीहरू लाइनमा बस्नु परेको छैन।
उपनिर्वाचनलाई व्यवस्थित गर्नका लागि तीन वटै सुरक्षा निकायलाई परिचालन गरिएको छ। मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले आग्रह गरेको छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया