बिएल संवाददाता
आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी काठमाडौँमा सुरू भएकाे छ।
नेपाल मगर संघ केन्द्रको संरक्षकत्व र मगर प्राज्ञिक परिषद्को आयोजनामा काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक सङ्गोष्ठी सुरु भएको हाे।
दुई दिनसम्म चल्ने यस प्राज्ञिक सङ्गोष्ठीमा मगर समुदायको भाषा, साहित्य, संस्कृति, सभ्यता, इतिहास र पहिचानसँग सम्बन्धित ३२ वटा कार्यपत्रहरू प्रस्तुत गरिनेछन्।
कार्यक्रममा देशभरिका अनुसन्धाता, प्राज्ञिक, विद्यार्थी र मगर समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता छ।

सङ्गोष्ठीले मगर समुदायको पहिचान, मौलिकता र योगदानबारे गहन अध्ययन र छलफलमार्फत नयाँ दृष्टिकोण निर्माण गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा नेपाल मगर संघका प्रमुख पदाधिकारीहरूले मगर समुदायको मौलिक भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न यस प्रकारका प्राज्ञिक कार्यक्रमहरूको महत्त्वबारे प्रकाश पारे।
उक्त कार्यपत्रहरूको निष्कर्ष र सिफारिसलाई मगर समुदायको सशक्तिकरण र पहिचानको लागि दीर्घकालीन योजनाहरू निर्माण गर्न उपयोग गरिने जनाइएको छ।


‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया