बिएल संवाददाता
आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी काठमाडौँमा सुरू भएकाे छ।
नेपाल मगर संघ केन्द्रको संरक्षकत्व र मगर प्राज्ञिक परिषद्को आयोजनामा काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक सङ्गोष्ठी सुरु भएको हाे।
दुई दिनसम्म चल्ने यस प्राज्ञिक सङ्गोष्ठीमा मगर समुदायको भाषा, साहित्य, संस्कृति, सभ्यता, इतिहास र पहिचानसँग सम्बन्धित ३२ वटा कार्यपत्रहरू प्रस्तुत गरिनेछन्।
कार्यक्रममा देशभरिका अनुसन्धाता, प्राज्ञिक, विद्यार्थी र मगर समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता छ।

सङ्गोष्ठीले मगर समुदायको पहिचान, मौलिकता र योगदानबारे गहन अध्ययन र छलफलमार्फत नयाँ दृष्टिकोण निर्माण गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा नेपाल मगर संघका प्रमुख पदाधिकारीहरूले मगर समुदायको मौलिक भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न यस प्रकारका प्राज्ञिक कार्यक्रमहरूको महत्त्वबारे प्रकाश पारे।
उक्त कार्यपत्रहरूको निष्कर्ष र सिफारिसलाई मगर समुदायको सशक्तिकरण र पहिचानको लागि दीर्घकालीन योजनाहरू निर्माण गर्न उपयोग गरिने जनाइएको छ।


नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया