बिएल संवाददाता
मानव तस्करीकाे आराेपमा पक्राउ परेका काेसी प्रदेशका पूर्वमन्त्री लिलाभल्लभ अधिकारी हिरासतमुक्त भएका छन्।
सरकारी वकिल कार्यालय काठमाडाैँले क्लिन चिट दिएसँगै अधिकारीलाई रिहा गरिएकाे काठमाडाैँ प्रहरी परिसरले जनाएकाे छ। सरकारी वकिलकाे कार्यालयले साेमबार उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेकाे थियाे।
मानव तस्करी प्रकरणमा अधिकारीसँगै पक्राउ परेका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।
अधिकारी मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए।
अधिकारीमाथि गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै मन्त्रालयको नक्कली कागजात बनाएर तीन जनालाई लगेको आरोप लागेकाे थियाे।
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नलिइ जापान उडेका उनलाई जापानको अध्यागमनले विमानस्थलबाट फर्काइदिएको थियो। त्यसपछि अधिकारीकाे चाैतर्फी विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
उनी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया