बिएल संवाददाता
प्युठानकाे झिमरुक गाउँपालिकाका उपध्यक्ष प्रमाेद पाेखरेलले आफ्नाे सवारी चालकलाई हटाउन दबाब दिएकाे पाइएकाे छ।
सवारी चालक दलित समुदायकाे भएकाे भन्दै उपाध्यक्ष पाेखरेलले हटाउन दबाब दिएकाे खुलेकाे हाे।
सवारी चालक रेशम सुनार दलित समुदायकाे भएकाे र उनीसँग यात्रा गर्दा घरमा बस्न समस्या भएकाे भन्दै उपाध्यक्षले पाेखरेलले उनलाई हटाउन दबाब दिएकाे बताइएकाे छ।
आफूलाई हटाउन खाेजेकाे थाहा पाएपछि सुनारले झिमरुक गाउँपालिकाकाे दलित सञ्चाललाई पत्रसमेत लेखेका छन्। ‘उपाध्यक्ष प्रमाेद पाेखरेलले गाडी साहुलाई तिम्राे ड्राइभर दलित भयाे, ड्राइभर फेर गाडीकाे म्याद थपिन्छ नाई भने गाडीकाे म्याद थपिन्न, भनेका रहेछन्’, सुनारले पत्रका लेखेका छन्।
उनले गाडी चलाइरहँदा उपाध्यक्षले पाेखरेलले कयाैँपटक हेपाहा व्यवहार गरेकाे उल्लेख गरेका छन्। उनले दलित भएकाे कारण गाडीकाे म्याद थप नगर्दा आफू बेराेजगार भएकाे बताएका छन्।
सञ्जालले यसबारे गाउँपालिकालाई ध्यानाकर्षण गराएकाे छ।
गाउँपालिका अध्यक्ष पीतबहादुर महतरा (क्षेत्री)ले यसबारे आफूले पनि चासाे लिएका बताए। ‘मैले पनि हिजाे याे कुरा थाहा पाएँ। हाम्राे पालिकामा यस्ताे भइरहेकाे छ भनेर थाहा पाउँदा दु:ख लागेकाे छ’, उनले भने।
उनले यसबारे छलफलका लागि उपाध्यक्ष पाेखरेल, पीडित युवा र सराेकारवाला व्यक्तिहरुलाई बाेलाएकाे बताए।
अध्यक्ष महतराले यसबारे गाडीधनी हेमराज भट्टराईसँग पनि टेलिफाेन संवाद भएकाे र उनले पनि ‘दलित चालकलाई नफेर याे गाडी नचढ्ने’ भन्दै धम्काएकाे बताए।
यद्यपि, उपाध्यक्ष पाेखरेलले भने राजनीतिक प्रतिशाेध साँधेर आफ्नाे चरित्र हत्या गरेकाे गुनासाे गरेका छन्। उनले भने, ‘मैले काेहीमाथि विभेद गरेकाे छैन। ती ड्राइभर भाइलाई मैले मेराे छाेराछाेरीलाई जस्तै बनाएर राखेकाे थिएँ। मेराे भान्छामा बस्ने, छाेराछाेरीसँग सुत्ने गर्छन्।’
उनका अनुसार गाउँपालिकाले जनप्रतिनिधिसमेत रहेका हेमराज भट्टराईबाट उपाध्यक्षका लागि गाडी भाडामा लिएकाे थियाे। त्याे गाडीकाे गत असाेजमा म्याद सकिएकाे थियाे।
‘गाडीकाे म्याद सकिएपछि म्याद थप गर्न लागि ती हेमराजले दबाब दिएका थिए। अब म एक्लैले म्याद थप्न मिल्ने कुरा हुँदैन। त्यही म्याद थप नगरेकाे रिस पाेखेर मेराे चरित्र हत्या गर्ने काम गरियाे’, उनले भने।
उनले दलित सञ्चालका अध्यक्ष विनाेद विक र भट्टराई मिलेर चरित्र हत्या गर्न खाेजेकाे आराेपसमेत लगाए। उनले चालक सुनारबाट यसबारे कुरा स्पष्ट हुने बताए।


निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया