बिएल संवाददाता
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुर्याइएको छ।
आजै बिहान काठमाडौँको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केहीबेरअघि सीआईबी पुर्याइएको हाे।
गण्डकी प्रदेशका सांसदसमेत रहेका उनलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो। सर्वोच्चकाे फैसला कार्यान्वयनका लागि मनाङेलाई आजै जिल्ला अदालत काठमाडाैँ उपस्थित गराइने प्रहरीले जनाएकाे छ।
सर्वाेच्चबाट ५ वर्ष कैद सजाय सुनाइएका मनाङे फरार भएका थिए। फरार रहेका पूर्वमन्त्री मनाङेले सर्वोच्चको पूर्ण फैसला आएपछि आफैँ अदालतमा उपस्थित हुने बताएका थिए।
तर अदालतको पूर्ण फैसला नआउँदै प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हाे। २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरेकाे आराेपमा अदालतले ५ वर्ष कैद सुनाएकाे थियाे।
२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेशसभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए भने पटक–पटक मन्त्रीसमेत भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया