बिएल संवाददाता
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने चार सञ्चार माध्यमलाई कालोसूचीमा राख्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। काउन्सिलले नियमितरूपमा सञ्चार माध्यमबाट आउने समाचार सामग्रीलाई अनुगमन गर्दै पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने उजुरीहरूका आधारमा कारबाहीको निर्णय लिएको हो।
प्रेस काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले काउन्सिलको निर्देशन अवज्ञा गर्ने सञ्चार माध्यमहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कालोसूचीमा परेका सञ्चार माध्यमहरूमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, काेशीपाेस्ट डटकम र खाेजतलास अनलाइन डटकम रहेका छन्।
त्यस्तै सातवटा अन्य सञ्चार माध्यमलाई विशेष अनुगमनमा राखेर थप अनुसन्धान गर्ने निर्णय गरिएको छ। विशेष अनुगमनमा परेका सञ्चार माध्यमहरूमा दियाेपाेस्ट डटकम, माेटिभेट न्यूज डटकम,अवननेपालन्यूज डटकम, अनलाइन टिभी नेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिमी र बिजिटिभी (युट्युब) रहेका छन्।
दियाे पाेस्टलाई काउन्सिलले यसअघि पनि सचेत गराएकाे थियाे।
अधिकार क्षेत्रबाहिरका समाचार तथा अनावश्यक भ्रम उत्पन्न गराउने सामग्री सम्प्रेषण गरेको आरोपमा पूर्वान्चल डिबिआर टिभी युट्युब च्यानलको विषयमा साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।
प्रेस काउन्सिल नेपालले समाचारमा सत्यतथ्य, सन्तुलन र सम्पूर्ण पक्षको विचार समेट्नुपर्ने कुरामा जोड दिँदै पत्रकार आचारसंहिताको पालना गर्न सबै सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पुनः आग्रह गरेको छ। साथै, समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खलल पुर्याउने, अश्लील वा अमर्यादित सामग्री सम्प्रेषण नगर्न आग्रह गर्दै कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
प्रेस काउन्सिल नेपालकाअनुसार यस किसिमका क्रियाकलापले पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्ने हुँदा सञ्चार माध्यमहरूले थप जिम्मेवार भएर काम गर्नुपर्ने बताइएको छ।

बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया