बिएल संवाददाता
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ।
मोरङकाे बिराटनगर महानगरपालिका– १७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका– १६ बस्ने ३५ वर्षीय हरेराम चौधरीसमेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुकसहित पक्राउ गरेको हो।
त्यस्तै डडेल्धुराकाे गन्यापधुरा गाउँपालिका– ३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपकसमेत २८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया