बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विविधितायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरुको मौलिक पहिचान भएकाे बताएका छन्।
नेपाली जनताका महान् पर्व तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्तीलगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी, दाजु-भाइहरुमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्।
‘यी चाडपर्वहरुले नेपाली जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्याउँदै आएका छन्। विविधितायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरुको मौलिक पहिचान हो। सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास मुलुकको समृद्धिका आधार हुन्’, प्रचण्डकाे शुभकामना सन्देशमा उल्लेख छ।
प्रचण्डले ‘यो वर्ष बाढीपहिरोका कारण मुलुकले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ। यो संकटको अवस्थाबाट सम्हालिँदै सबै नेपालीहरुले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना होस्’ भन्दै शुभकामना दिएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया