बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘अमर्यादित नाराबाजी’ गर्नेहरूलाई प्रहरीले खोजिरहेको छ।
सहकारी ठगी गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहको नाममा रंगशालाभित्र हुलदंगा गर्न खोज्ने कतिपय युवाहरूको पहिचान भइसकेको सुरक्षा स्रोतले जनाएको छ।
‘हिजो साँझ मैदानमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू सबैजसो रास्वपाकै कार्यकर्ता रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘तीमध्ये धेरैको पहिचान भइसक्या छ। कतिलाई भिडियोमार्फत् पहिचान गर्दैछौँ। थप कारबाही अघि बढाउँछौँ।’
प्रधानमन्त्री ओली फुटबल हेर्न दशरथ रंगशाला जानसक्ने संकेत पाएलगतै रास्वपा कार्यकर्ताहरूले हुलदंगा गर्ने योजना बनाएका थिए। तर, उनीहरूको त्यो योजना रोक्न र पहिचानका लागि प्रहरीले सादा पोशाकमा जवानहरू खटाएको थियो। तिनै सुरक्षाकर्मीहरूले संगठित रुपमा रंगशाला छिरेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी र हो–हल्ला गर्नेहरूको भिडियो कैद गरेका थिए।
‘कतिलाई सम्झाइ–बुझाइ गर्छौ। कतिलाई अनुसन्धानका लागि बोलाउँछौँ। आवश्यक परे थुन्छौँ, उनीहरूको पृष्ठभूमि हेर्छौँ। संगठित रुपमा रंगशाला छिरेका हुन् कि लहैलहैमा नाराबाजी गरेका हुन्? उनीहरूको गतिविधि नियालिरहेका थियौँ,’ नाराबाजीको पहिचानमा खटिएका अधिकारीले भने।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया