बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका विपक्षी नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन प्रचण्डसहित विपक्षी दलका नेताहरु शीतल निवास पुगेका हुन्।
उनीहरुले सरकारले ठोस काम गर्न नसकेको, बाढी पहिरो पीडितको समयमा उद्धार र राहत दिन नसकेको, विपक्षी दलका नेताहरुलाई निशाना बनाएको लगायतका आरोप लगाउदै राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउने बताएका छन्।
यसअघि नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया