बिएल संवाददाता
सत्तारूढ दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि लिएको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनबहादुर गुरुङ मिनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
अधिवक्ता बस्नेतले उक्त जग्गा लिनु र कुनै पनि दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबी गर्दै आदेश जारी गर्न माग गरेका छन्।
सुरुमा सर्वोच्चले उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो। त्यसपछि दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको थियो।
विवादास्पद व्यापारी गुरुङले एमालेकाे नयाँ पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान दिएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीको भवन उद्घाटन समेत गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया