बिएल संवाददाता
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ।
आइतबार न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।
उनी सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार काठमाडाैँबाट पक्राउ परेका थिए। शनिबार अदालत बन्द भएपछि लामिछानेलाई आइतबार मात्रै उपस्थित गराइएकाे हाे।
पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्याइएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ।
उनकाे पक्राउकाे विराेधमा नेता कार्यकर्ताले आइतबार पाेखरामा चर्को नाराबाजीसहित प्रदर्शन गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया