बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीको साथ भए अहिलेको राजनीतिक परिस्थिति नै उल्ट्याउन सकिने दाबी गरेका छन्।
बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।
दलाल पूँजीवादीहरूले केही सांसद संख्याको बलमा आफ्नो सरकार ढालेको भन्दै प्रचण्डले पार्टीनिकट विद्यार्थीहरूमाझ काँग्रेस-एमाले गठबन्धनविरुद्ध आक्रोश पनि पोखे।
प्रचण्डले भने, ‘हामीलाई अहिले संख्याको बलमा सरकारबाट हटाइएको छ। तपाईंहरुको साथ भयो भने केही महिनामै परिस्थिति उल्ट्याइदिन सक्छौँ। हामी सरकारबाट निक्लिँदै गर्दा तपाईंहरू सडकको बाघ मचाहिँ प्रतिनिधिसभाको सिंह भएर निक्लेको छु। हामी जितको पक्षमा छौँ।’
माओवादी आन्दोलनलाई सखाप पार्ने षड्यन्त्र हुँदै आएको भन्दै उनले आफूहरूले त्यसको घेरा तोड्दै आएकाे बताए।
दुई ठूला दल मिलेर उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै सडकबाट प्रतिक्रियावादी शक्तिहरूलाई झुकाउन सकिने प्रचण्डले दाबी गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया