बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले रवि लामिछानेलाई मात्र नभइ पार्टी संस्थामाथि नै प्रहार भएको बताएका छन्।
चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीमाथि कुनै राजनीतिक इगोका कारण प्रहार भइरहेकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताए।
उनले भने, ‘यो अप्ठ्यारो घडीमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन, त्यो संस्था हो। पार्टी संस्थामाथि प्रहार भइरहेको छ, एउटा ईगोका कारण, हामी एकजुट भएर यसको सामना गर्नुपर्छ।’
यस्तै डा. तोसिमा कार्कीले क्रान्ति उग्र मात्र नभइ अब शालिन क्रान्ति हुने बताइन्। उनले क्रान्ति रातो मात्र नभएर निलो पनि हुने बताइन्।
उनले भनिन्, ‘क्रान्ति उग्र मात्र नभैइ अब शालीन पनि हुन्छ। क्रान्ति रातो मात्र हुन्न निलो पनि हुन्छ। शान्तिपूर्ण ढंगले र शालिन तरिकाले बौद्धिक क्रान्ति गर्ने छौं। युवाको क्रान्ति गर्छौं, एक थोपा पनि रगत चुहिँदैन, कसैमाथि ढुंगा प्रहार गर्ने, गोली चलाउने, हिंसाको बाटो नअपनाइकन शान्तिपूर्ण तरिकाले देशलाई सम्वृद्धिको बाटो खोज्ने क्रान्ति नै निलो क्रान्ति हो।’
दश दिनका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला बढेपछि भ्रमण छोट्याएको हो।
बेइजिङ पुग्ने कार्यक्रम भएपनि उक्त कार्यक्रम स्थगित गरी सांघाइलगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
९ दिनको भ्रमणलाई छोट्याएर फर्किएको उपसभापति वाग्लेले बताए। आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किनेछन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया