बिएल संवाददाता
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दाेषी रहेकाे ठहर गरेकाे छ।
गाेर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई दाेषी ठहर गर्दै प्रतिवेदन तयार गरेकाे हाे।
समितिले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको उक्त प्रतिवेदन साेमबार प्रतिनिधिसभाका सभामुखलाई बुझाउने तयारी गरेकाे छ।
समितिका एक सदस्यका अनुसार विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएकाे रकम खर्च गर्दा सभापति लामिछानेको हस्ताक्षर रहेकाले उनीलाई दाेषी ठहर गरिएकाे हाे।
गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको पुष्टि भएको छानबिन समितिले जनाएकाे छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया