बिएल संवाददाता
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँको चोभारस्थित पुष्प तथा फलफूलको थोक बजारको काम छिटो सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन्।
शुक्रबार दिउँसो निरीक्षणका लागि चोभार पुगेर उनले विगतमा कुरा छोडेर अब यसलाई दशैँसम्म उद्घाटन गर्नुपर्ने बताए।
उनले भने, ‘मन्त्रालयको तर्फबाट के गर्नुपर्छ गछौं। चाँडोभन्दा चाँडो हस्तान्तरण हुनुपर्यो। विगतमा के भयो त्यसमा नजाउ अब यसमा ढिला नहुने विश्वासमा हिनौ। दशैँसम्म यो उद्घाटन गर्नुपर्छ। हिजो मन्त्रालयले जे कुराको ठेक्का लगाएको थियो त्यो हुन्छ।’
२३ रोपनी क्षेत्रफलमा रहेको जग्गामा करिब दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ असोजमा करिब ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो। तर, भवन आठ वर्ष वितिसक्दा ८७ प्रतिशत मात्रै निर्माण कार्य (भौतिक प्रगति) भएकाले यथासक्य निर्माण कार्य सम्पन्न गरी उक्त भवन सञ्चालनमा ल्याउनु पर्नेमा मन्त्रीले जोड दिएका हुन्।
उनले मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनी र कन्सल्ट्यान्ट सहितको उपस्थितिमा पुष्प तथा फलफूल थोक बजार, चोभार भवनको निरिक्षण गरेका हुन्।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया