बिएल संवाददाता
सिन्धुलीकाे सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले नदीबाट गाडी निकालेको हाे।
शनिबार साँझ करिब साढे ५:३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए। उनीहरू अझै बेपत्ता छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी सुनकोसीमा खसेको हो।
बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन्।
गाडी सुनकोसीमा खसेलगत्तै एक जना भने पौडिर बाहिर निस्किएका थिए। नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन्।
बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी रहेको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया