बिएल संवाददाता
सिन्धुलीकाे सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले नदीबाट गाडी निकालेको हाे।
शनिबार साँझ करिब साढे ५:३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए। उनीहरू अझै बेपत्ता छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी सुनकोसीमा खसेको हो।
बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन्।
गाडी सुनकोसीमा खसेलगत्तै एक जना भने पौडिर बाहिर निस्किएका थिए। नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएका हुन्।
बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी रहेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया