बिएल संवाददाता
३० वर्षे सेवा अवधि हटाउन माग गर्दै नेपाल प्रहरीका २१ अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
अवकाशको मुखमा पुगेका उनीहरूले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसमा एसएसपी ५, एसपी ६, डीएसपी ६ र प्रहरी निरीक्षक ४ जना गरी २१ जनाले संयुक्तरूपमा रिट दायर गरेका हुन्।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश दिने व्यवस्था रिट दायर भएको मितिबाटै हटाउन माग गरेका छन्।
२०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका प्रहरी अधिकारीहरु भदाैकाे अन्तिम साता अनिवार्य अवकाशमा जाँदैछन्।
बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसी तथा एसएसपीहरु दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवनकुमार श्रेष्ठ, किसन सिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नवीन राई, दिल्लीराज विष्ट, रवीन्द्र रेग्मी र वीरबहादुर ओली अवकाशमा जाँदैछन्।
यसैगरी प्रहरी उपरीक्षक (एसपी) हरु कृष्ण प्रसाई, अवधेश विष्ट, हिराबहादुर पाण्डेसहित डीएसपी र इन्सपेक्टरहरु भदाैकाे अन्तिममा अवकाशमा जाँदैछन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया