बिएल संवाददाता
आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आह्वान गरेका छन्।
अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रीमी लेयरसम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारत बन्दको असर देशका धेरै राज्यमा देखिएको छ। रिपोर्टका अनुसार विहारको जेहानाबादमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
विहारको आराहमा प्रदर्शनकारीले रेलमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनकारीले दरभंगा-दिल्ली विहार सम्पर्क एक्सप्रेस रेललाई पनि दरभंगा रेलवे स्टेशनमा रोकेका थिए।
पीटीआईका अनुसार भारत बन्दको प्रभाव झारखण्डको राँचीमा पनि देखिएको छ। यहाँ निजी बस सेवा बन्द गरिएको छ।
यस बन्दलाई समाजवादी पार्टी (एसपी), बहुजन समाज पार्टी (बसपा) र राष्ट्रिय जनता दल (राजद) ले पनि समर्थन गरेका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया