बिएल संवाददाता
भारतका धर्मगुरु कालीदास बाबा(स्वामी १००८ कृष्णानन्द जी महाराज)ले नेपालका नेताहरुले पशुपतिमा गएर चन्दन लगाउने र संसदमा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वभाविक भएको बताएका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरु आफूलाई भेट्न पशुपति कोटिहोममा गएर चन्दन लगाएको उल्लेख गर्दै उनले यस्ताे बताएका हुन्।
‘पशुपतिमा धेरै नेता वा सांसदहरु आउनुभयो। मैले उहाँहरुलाई भने यहाँ आएर चन्दन लगाएर संसदमा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु’, उनले भने।
उनले अहिले नेपालमा विभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए। नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिवद्धता छ।
उनले भने, ‘आज राष्ट्रमा विभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अत्तिचार भइरहेको छ। नेपाल राष्ट्र जर्जर भएको अवस्था छ। आज देशका नेताहरु धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिहेका छन्। पहिले पनि नेपाल आमा के भन्छिन्, हिन्दु राष्ट्रले भन्छ–‘धर्म निरपेक्षता चाहिँदैन, गाई काट्न पाइँदैन’ भन्ने नारा थियो। त्यो नारा आज पनि मजबुत छ। जबसम्म नेताहरुले हिन्दु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालीबाबा नेपाललाई छाड्ने छैन।’
उनले आफूले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बैद्धिक सनातन धर्म नै चाहिएको भन्दै यदि त्यो भएन भने शान्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया