बिएल संवाददाता
दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ। सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन्।
दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरुले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन्।
अभियानका संयोजक सुनारले भने, ‘संविधनलाई संशोधन गर्ने कुरा राम्रो हो। तर, जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन्। दलितहरुका अधिकार कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ?’
उनले दलितहरुको अधिकार एमाले र कांग्रेसले काटेको आरोप लगाए। उनले नयाँ आएका दलहरुले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए।
संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ। अभियानका संयोजक सुनारले एमाले र कांग्रेसले दलितहरुलाई जातीय विभेद गरेको आरोपसमेत लगाएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया