बिएल संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाँउमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढिगरेको बताएकी छन्।
शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा उनले नीतिमा टेकेर काम गर्ने अवस्था नआएसम्म स्वचालित भन्ने भाषण र भाषामात्र हुने बताइन्।
उनले भनिन्, ‘हरेक क्षेत्र आफैंमा सबल र स्वचालित हुनुपर्छ भनेर भन्छाैं भने त्यो क्षेत्रका नीति र कानून चाहिन्छ। यसको साथै त्यसलाई परिचालन गर्नका लागि राजनीतिक संयन्त्र र नेतृत्वहरु सशक्त र क्रियाशील हुनुपर्छ। तर, आजसम्म हस्तक्षेपकारी नीति नहुँदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन्। नीतिले हस्तक्षेप गर्नुपर्ने हो, नीतिले हस्तक्षेप नगरेर नेतृत्वले हस्क्षेप गर्ने वा दलको व्यक्तिले हस्तक्षेप गर्ने जुन खालको अवस्था आज देखिएको छ, यसको कारण आजको परिणाम आएको हो भन्ने कुरा स्वीकार गर्न सक्नुपर्छ।’
यस्तै उनले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्ने पनि बताइन्। उनले भनिन्, ‘हामीले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्छ। विश्वविद्यालयको अनुसन्धानलाई सरकारले गरेका कामहरुसँग जोड्न सक्नुपर्छ। विश्वविद्यालयको नीति बनाउँदा सबैभन्दा पहिला कुरा भनेको अनुसन्धान नीति कस्तो हुने त्यसले विश्वविद्यालयलाई कसरी निर्देशन गर्ने भन्ने कुरामा गम्भिर हुन आवश्यक छ।’
विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको गल्ती नभएर रोजगारीको कमी भएको पनि उनको भनाइ छ।
उनले भनिन्, ‘विद्यार्थीहरु बाहिरिनुमा विश्वविद्यालयको मात्र गल्ती होइन, रोजगारीको कमी हो। यसको साथै नेपालको राजनीतिक अस्थिरताका कारण यहाँ केही हुँदैन, राजनीतिक स्थिरता नभएसम्म राम्रो शिक्षा पाउन सकिँदैन् भन्ने खालको बहस छलफल हामी जति गर्छौं त्यती नै यहाँ विद्यार्थीहरु बस्न सक्दैनन्। हामी एकातिर विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनेर भन्छौं, अर्कोतिर हरेक समस्याको कारण राजनीति हो भनेर भन्छाैं यो दुविधायुक्त कुराले पनि युवालाई निरुत्साहित गरिरहेको छ।’
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया