बिएल संवाददाता
बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट गरेका छन्।
बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए।
स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफा, कुर्सी बोकेर मानिसहरु बाहिर निस्किँदै गरेको देख्न सकिन्छ।

बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए। उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो। पछि उनीहरूले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए।
प्रदर्शन चर्किएपछि हसिनाले राजीनामा दिएर देश छोडेकी छन्। उनी हेलिकप्टरबाट देश छोड्दै भारतको अगरतला शहर पुगेकी छन्।
प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वाकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए।
उनले देशमा अब अन्तरिम सरकार बनाउनेसमेत घाेषण गरेका छन्। उनले सेना र पुलिसलाई गोली नचलाउन आदेश दिएका छन्।





निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया