बिएल संवाददाता
बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट गरेका छन्।
बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए।
स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफा, कुर्सी बोकेर मानिसहरु बाहिर निस्किँदै गरेको देख्न सकिन्छ।

बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए। उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो। पछि उनीहरूले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए।
प्रदर्शन चर्किएपछि हसिनाले राजीनामा दिएर देश छोडेकी छन्। उनी हेलिकप्टरबाट देश छोड्दै भारतको अगरतला शहर पुगेकी छन्।
प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वाकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए।
उनले देशमा अब अन्तरिम सरकार बनाउनेसमेत घाेषण गरेका छन्। उनले सेना र पुलिसलाई गोली नचलाउन आदेश दिएका छन्।





नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया